Logo असार ४, २०७८ शुक्रबार


काेराेना कहर : ६९ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं । मुलुकभरका ६९ जिल्लामा निषेधाज्ञा लागू भएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणका रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको हो ।

निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् ।

बैशाख पहिलो सातादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा सुरु भए पनि सङ्क्रमण न्यूनीकरण हुन भने सकिरहेको छैन ।

सरकारले सङ्क्रमण नियन्त्रणका लागि प्रयास जारी राखेको बताए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै स्थानीय बासिन्दाले नै हेल्चक्र्याइँसमेत गरेको देखिएको जनस्वास्थ्यविदहरुले बताएका छन् ।

काेराेनाकाे दाेस्राे लहरबाट सुरक्षित रहनका लागि सरकारले जारी गरेकाे स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न सरकार तथा स्थानीय तहले सर्वसाधारणमा अपिल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…