Logo असार ४, २०७८ शुक्रबार


प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, अल्पमतमा पर्ने संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज (सोमवार) अपरान्ह १ बजे बस्ने संसदको विशेष अधिवेशनको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएपछि सरकार अल्पमतमा छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो।

प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सकने संवैधानिक व्यवस्था बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल कायम रहेका २७१ सांसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

एमालेका असन्तुष्ट माधवकुमा नेपाल समूह तथा नेपाली कांग्रेस र माओवादी केन्द्र प्रधानमन्त्री ओलीको विपक्षमा उभिएकाले उहाँले विश्वासको मत प्राप्त गर्ने सम्भावना भने करिब करिब टरेको अवस्था देखिएको छ ।

यद्यपी, एमालेका सबै सांसदको मत प्राप्त भए जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले मत दिने सम्भावना पनि छ । सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट आवश्यक हुन्छ। तर एमालेकै नेपाल खनाल समूहका कम्तीमा ३० सांसद ओलीको विपक्षमा छन भने ओली विरुद्ध लाग्ने निर्णय गरिसकेको जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ।

यो गणितलाई हेर्दा प्रधानमन्त्री अल्पमतमा पर्ने निश्चितप्राय: देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…