Logo जेठ ३०, २०७८ आइतबार


कोभिडको कहरमा मैले भोगेको तितो अनुभव

–अन्जु सापकाेटा ‘अनु’

धेरै दिनदेखि छाती दुखिरकेको थियो । आफू कोभिडको लागि अग्रपङ्तिमा रहेर काम गरिरहेकोले कोभिडको शंका नलाग्ने त कुरै भएन । कोभिडको लागि एन्टिजेन जाँच गराँए । नेगेटिभ आयो । बिस्तारै छाती दुख्दै छ, घाँटी दुख्न थाल्यो हल्का खोकी लाग्दैछ तर पनि काम गरिनै रहेको छु ।

कोभिडको लागि नमुना संककन गर्नु पर्ने सुरक्षित हुन सुरक्षित हुने उपाय नि अपनाउनु पर्ने पीपीइ लगाएर फुकालेर राख्दा साँच्चै नै नुहाएको भन्दा कम पसिना हुँदैन । शरीरबाट धेरै पसिना जाने भएकाले होला लखतरान परिन्छ । न त खान नै मन लाग्ने न त निन्द्रा नै लाग्ने । सिमित सामान हुने कहिले कुन सामान नपुग्ने, कहिले जाँच गर्ने सामान भन्दा जाँच गर्नु पर्ने बिरामी धेरै भइदिने । त्यो कठिन समय पार गर्न भने केही स्टाफ साथीहरु हुनुहुन्छ।

सहयोग अनि दु:ख देखिदिने । फिल्डमा बसेर नमुना संकलन गर्न त्यति सहज छैन । कोही नेताको सोर्स लिएर आउँछन् त कोही म वडा अध्यक्षको मान्छे वडा सदस्यको मान्छे भन्दै कोही चिठी बोकेर त कोही ‘एकैछिन बोल्नुस रे’ फोनमा भन्दै आउँदा लाग्छ यस्तो समयमा त यसरी सोर्स र फोर्सको भरमा काम हुन्छ भने अरु बेला के होला !

पीसीआरको नमुना संकलन गर्न नमुना पठाएको थाहा छैन त्यो रिपोर्ट कहिले आउँछ । जटिल समस्याले गर्दा नमुना संकलन गर्न पठायो रिपोर्ट न आइ पुग्दा त्यो बिरामीको अबस्था थाहा छैन के हुने हो ?

एउटा सानो अस्थाइ कोभिड अस्पताल बिरामीको चाप नर्सिङ स्टाफको डिउटी दुई जना, त्यस्मा पनि डाक्टर कोभिड पोजेटिभ भएर घर बस्नु पर्ने बाध्यता नर्सिङ स्टाफको त्यो दुख देख्दा कस्को आँखाबाट आँसु न आउला र ! एउटा बिरामी सिरियस रिफर गर्न पर्यो मेयर साप यस्तो भयो उहाँलाई गुहार्न पर्यो त्यो जटिल अबस्थामा मेयर साबको आगमनले बिरामीको अलिकति आशा पलाएको हो कि आभास हुन्छ ।

भेरी हस्पिटल नेपालगन्ज रातको १२ बजे मेयर साबको कल जान्छ बेड छैन भन्ने उत्तर आउँछ । हजुर मेरो जनता हुन सर जसरी नि एउटा बेड मिलाइदिनु पर्यो । मेयर साब बेड नम्बर … यतिको बिरामी सिरियस छ के गर्नी ?  उत्तर आउँछ पख्नुस है म कल गर्छु ।

बल्ल बल्ल एम्बुलेन्समा हालेर मेयर साब नर्सिङ स्टाफ स्वास्थकर्मी सबै मिलेर पठायो। २४ घन्टासम्म बेड पाउँदैनन् । सिस्टर बेड पाइएन मेयर साब बेड पाइएन लौन के गर्नी भन्दिनु पर्यो। यस्तो आवाज सुनी रहँदा मेयर साबको आँखा पनि किन नरसाओस् पख्नुस म कल गर्छु । कल गर्यो, भेन्टिलेटरमा एउटा बिरामी छ आइसियु मा बिरामी छ त्यो रात भरिमा मर्छ बेड खाली हुन्छ चिन्ता नगर्नुस ।

कस्तो दिन आए एउटा बेडको लागि सारा संसार गुहार्दा पनि नपाउनु । मेयर साब हजुर नै आउनु पर्यो हस्पिटल गार्हो भयो । बिरामिको कलको तनाब त छँदै छ । लकडाउन कडाइ गर्नु पर्यो सबैबाट दबाबको फोन जान्छ । खोइ कसैले टेर्दैनन् । किन बुझ्दैनन ? ब्यपारीहरु त झनै अटेरी गर्छन् । कसैले भनेको मान्दैनन ।

बिरामी भएको आफ्नै बाउलाई स्याहार सुसार गर्न छोडेर हिड्छन् । टाढैबाट भए पनि सुरक्षाका उपाय अपनाएर बाबूलाई टाढैबाट हौसला दिए पनि त कति आनन्दको महसुस हुन्थ्यो होला। राम्रोसँग सम्झाउदा मान्नु छैन थर्काउनु नै पर्छ गाली गर्नु नै पर्छ ।

आफ्नै छोराछोरीले बाउ आमा आफ्नै श्रीमतीले श्रीमान र श्रीमानले श्रीमतीको कुनै मतलब छैन । बाहिर अमेरिका अस्ट्रेलियामा भएको छोराले मृत्यु सैयामा छट्पटिएर बसेको आमालाइ कल गरेर हाम्रो बेज्जत गरिस् भनेर आमालाइ भनिरहँदा त्यो अबस्थामा एउटा नर्सिङ र एउटा मेयरले कतिसम्म गर्न सक्ला !?

त्यो दर्दनाक पीडा लगातार खोकी लगातार पखाला लगातार जरो सास फेर्न गार्हो हात खुट्टाको दुखाइ भएर छट्पटिएको अबस्था देख्दा लाग्छ भगवान् कहाँ छन ? सिस्टर गार्हो भयो एउटालाई हेरेर भ्याएको छैन अर्को बेडबाट आवाज आउँछ, ‘सिस्टर टाउको फुट्ला झै भएको छ ।’

डाक्टर कोभिड भएर होम आइसोलेसन अन कलमा हुनुहुन्छ कल गर्यो मेडिसिनको नाम भन्दिनु हुन्छ । नजिक औषधि पसल छैन, औषधि लिन पठायो पाइदैन । त्यही औषधि नपाएर गार्हो हुँदै जान्छ फेरि डाक्टर्लाइ कल गर्यो रिफर गर्दिनुस् । फेरि अर्को तनाब मेडिकल कलेज कल गर्यो बेड छैन । कोहलपुर मेडिकल कलेज कल गर्यो बेड छैन बाहिर छन् बिरामी । यहीँको त हजुरले त्यहाँबाट पठाएर के गर्नु हुन्छ ?

भेरी हस्पिटल कल गर्यो अ हो यहाँ त एउटा बेड छैन भो भो नपठाउनु । अब लास्टमा मेयर साब गुहार्नु पर्यो । रातको १२–१ बज्छ । सबैको थकान एउटै हो, सबैको मानसिक टचर एउटै त हो । मन भारी बनाएर कल गर्यो मेयर साब बिरामी सिरियस भयो। डाक्टर रिफर गर्दिनुस भन्नू हुन्छ के गर्नी कतै बेड छैन नपठाउनुस भन्नू हुन्छ ।

अ हो ल म आँए रात दिन नभनी जनताको सेवामा लागिरहने तिनै मेयरको आगमन हुन्छ कल गर्नु हुन्छ बेड छैन भेरी हस्पिटलको डाक्टर, चिनेको जति ब्यक्ति, सिडियोलाई बल्ल बल्ल कल गरेर तयार बनायो । बिरामीको कुरुवा भन्छ म लान सक्दिन मेरो न्यून स्तर छ के गरुँ ? पैसा छैन भन्ने आवाज आउँछ मेयर साबले आफ्नो गोजीबाट पैसा दिएर नगरपालिकाबाट खाने बस्ने ब्यबस्थाको साथमा बल्ल बल्ल बिरामी पठाइन्छ।

अस्पतालमा खटिएका नर्सिङ, कार्यालय सहयोगी कसैलाइ फुर्सद छैन न त समयमा खान भ्याउछन् न त आराम गर्न नै यो सानो १५ शैयाको अस्पतालमा त यो समस्या छ । जन प्रतिनिधि मेयर र एक जना वडा अध्यक्ष बाहेक आजसम्म कसैको मुख देखिएको छैन, आज उहाँहरु कुन दुलोमा पस्नु भएको छ खोइ ?

चुनाब अघिसम्म दिनमा चार पटक नमस्कार गर्दै हिड्ने तिनै अध्यक्ष सदस्य आज कहाँ छन् ? कस्तो छ  ? के छ ? ब्यबस्थापनकाम गर्न कतिको सहज छ भनेर हेर्न आउनु त कहाँ हो कहाँ, स्वास्थ्य कर्मीको उच्च मनोवल पार्न एक कलसम्म पनि आउँदैन । त्यस्ता ब्यक्तिबाट जनताले के अपेक्षा राख्ने ?? तिनै मेयर, नर्सिङ, प्रयोगशालाकर्मी, स्वास्थ्यकर्मीको  पनि त आफन्ती होलान् नि ? घरपरिवार, छोराछोरी होलान् नि ? के तिनलाई आफ्नो घर परिवार छोरा छोरीको माया नलाग्ला ? याद न आउला र ?

(लेखक कोभिड मधुवन अस्पताल, बर्दीयाकी प्रयोगशालाकर्मी हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।