Logo असार ४, २०७८ शुक्रबार


ओली नेतृत्वकाे सरकार पूर्ण असफल : सभापति देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशनमा सम्बोधन गर्दै सभापति देउवाले दुई तिहाइको बहुमतको नजिक भएको सरकार तीन वर्षमै यो अवस्थामा पुग्नु भनेको सरकार पूर्ण असफल भएको बताउनुभएको हो ।

‘५ वर्षको म्यान्डेट लिएर दुईतिहाइ बहुमत नजिकको सरकार ३ वर्षमै अविश्वासको मत आउनु स्वएम् प्रधानमन्त्री नै जिम्मेवार हुनुहुन्छ’, वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप लगाउँदै देउवाले भन्नुभयो, ‘यो अवस्था तपाईले सिर्जना गर्नुभएको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ?’

उहाँले कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार भएको, व्यापारिक घरानालाई पोस्नका लागि नेपाली जनताको ज्यान जोखिममा पारिएको आरोपसमेत लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…