Logo असार १, २०७८ मंगलबार


साना दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताउनुभएको छ । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उहाँले कुनै पनि प्रस्तावका पक्षमा मत नदिई तटस्थ बस्ने जानकारी गराउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले आफ्नो कुरा सुनेर आफ्नो कार्यकर्ता कारागारमुक्त गरेकामा आभार प्रकट गर्दै राजनीतिक कारणले भएका आन्दोलनको कारण सजाय भोग्न नपर्ने वातावरणको सिर्जना गर्न आग्रह गर्नुभयो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताउनुभयो । उहाँले मुलुकमा मधेशी, जनजाति र आदिवासीका समस्या रहेको तर तीन वर्षमा समाधान गर्ने प्रयास नभएको आरोप लगाउनुभयो ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले कोभिड –१९ का कारण मुलुक आक्रान्त भएका अवस्थामा यसलाई नियन्त्रण गर्दै निर्वाचनमा जानु नै सबैभन्दा उत्तम विकल्प भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…