Logo असार १, २०७८ मंगलबार


विश्वभर १५ करोड ९५ लाखमा संक्रमण, १३ करोड ७२ लाखले जिते काेराेना

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार २ सय ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार २३१ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख २ हजार ९६६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ ।

हालसम्म विश्वभर १५ करोड ९५ लाख  ८५ हजार ९३१ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ७२ लाख ४९ हजार २८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मंगलवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख १६ हजार ९४९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ८५९ जनाको ज्यान गएको छ । ९३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ३ हजार ७९४ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ३ लाख ६ हजार ७९४ भन्दा बढी निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…