Logo असार ४, २०७८ शुक्रबार


नेपालमा कोरोनाकाे कहालीलाग्दो ग्राफ : हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै

काठमाडाैं । कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै बढी हो ।

देशभरि १८ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ७१ जना अर्थात् ५०।३५ प्रतिशतलाई संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या सोमबार ९३ हजार १ सय ४१ पुगेको छ ।

‘अझै उच्च बिन्दुमा पुग्नै बाँकी छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘जति संक्रमित थपिँदै जान्छन्, मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको देखिन्छ । मृत्यु हुनेको संख्या दुई सातामा अझ बढ्न सक्छ ।’

यसअघि वैशाख २० गते हरेक ३८ मिनेटमा १ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । एक सातामै हरेक १० मिनेटमा १ जनाको मृत्यु भएको हो । मन्त्रालयको तथ्यांकअनुसार वैशाखका २७ दिनमा ८ सय १ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो हालसम्मको मृत्यु संख्याको २० दशमलव ७५ प्रतिशत हो । कोरोनाबाट सोमबारसम्म ३ हजार ८ सय ५९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ दशमलव २ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा मृत्युदर १ दशमलव १ छ ।

पछिल्ला २७ दिनमा सबैभन्दा बढी वाग्मती प्रदेशमा २ सय ५५ जनाको मृत्यु भएको छ । लुम्बिनीमा २ सय ५४, प्रदेश २ र सुदूरपश्चिममा ८०–८०, गण्डकीमा ५४, प्रदेश १ मा ४७ र कर्णालीमा २९ जनाले ज्यान गुमाएका छन् । दुई जना भारतीय नागरिकको पनि मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

पछिल्ला २७ दिनमा मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरकी ९ दिने बालिका छिन् । रामेछाप दोरम्बाकी उनको आइतबार मृत्यु भएको हो । वैशाख १८ मा धनुषाकी १० दिनकी बालिकाको कान्ति बाल अस्पतालमा कोरोनाले मृत्यु भएको थियो । यो अवधिमा सबैभन्दा बढी उमेरका काठमाडौं नागार्जुनका १ सय २० वर्षीय वृद्धको सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भयो ।

मृतक संख्या बढ्दै जाँदा पशुपति आर्यघाटमा शव व्यवस्थापनमा समेत समस्या देखिन थालेको छ । शनिबार ७६, आइतबार ८८ जनाको शव व्यवस्थापन गरिएकामा सोमबार राति १० बजेसम्म ७७ वटा शव व्यवस्थापन भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ‘अझै शव ल्याइरहेका छन्, कति थपिने हो टुंगो छैन,’ कोषका एक कर्मचारीले भने ।

संक्रमण बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरमा वैशाख १६ देखि निषेधाज्ञा लगाइएको छ । अन्य विभिन्न जिल्लामा संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ यता सोमबारसम्ममा अर्थात् १२ दिनमा देशभरि ६ सय ४८ जनाको मृत्यु भएको छ । ‘अवस्था डरलाग्दो छ । अब कसरी जोगाउने भन्ने चिन्ता छ,’ मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले भने, ‘अक्सिजन व्यवस्थापन गर्नै नसकेर धेरैले ज्यान गुमाए । कतै बेड छ तर अक्सिजन छैन । कतै अक्सिजन छ, बेड खाली नहुँदा उपचार नपाएर ज्यान गुमाउनुपर्‍यो ।’ संक्रमित भएर घरमै बस्ने र थलिएर मात्रै अस्पतालमा जाने हुनाले पनि समस्या भएको उनले बताए । ‘अक्सिजनको लेबल एकदमै कमी भएपछि मात्रै अस्पताल पुगेका हुन्छन् । त्यतिबेला अस्पतालमा न बेड हुन्छ न अक्सिजन,’ उनले भने । मकर श्रेष्ठले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…