Logo जेठ ३०, २०७८ आइतबार


सरकार गठनको कसरतमा तीन दल

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै एमाले बाहेकका ठूला दलहरू सरकार गठनकाे कसरतमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा दुई वा दुईभन्दा बढी राजनीतिक दलकाे विश्वासकाे मत प्राप्त गर्न सक्ने दललाई सरकार नेतृत्वको दाबी गर्न तीन दिनको समय दिएपछि एमाले बाहेकका तीन ठूला दल सरकार गठनको कसरतमा लागेका हुन् ।

प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो ।

प्रधानमन्त्री पदमुक्त भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त अपिल जारी गर्दै ‘नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपिलसमेत गरेका थिए । संविधानको धारा ७६ मा ‘दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार, सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा अल्पमतको सरकार र कुनै सांसदको नेतृत्वमा बन्ने’ सरकार गरी सरकार गठनका लागि तीन विकल्पको परिकल्पना छ ।

संविधानको धारा ७६ (२) अनुसारकाे प्रक्रियाबाट अघि बढ्दा प्रधानमन्त्री बन्न कुनै पनि सदस्यले हाल कायम सदस्य संख्याको बहुमत अर्थात् १ सय ३६ मत पुर्याउनुपर्नेछ । २ सय ७१ सदस्य कायम प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको १ सय २१, कांग्रेसको ६३ (दुई जना निलम्बन), नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३४ (दुई निलम्बन), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र १/१ सांसद छन् ।

संविधानको धारा ७६ (२०)बमोजिम बन्ने सरकारको प्रधानमन्त्रीले संसदमा ३० दिनभित्र फेरि विश्वासको मत भने लिनुपर्छ । नभए फेरि संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधि सभामा रहेको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछ । यसरी बन्ने प्रधानमन्त्रीले पनि ७६ (४) अनुसार पुनः विश्वासको मत लिनैपर्छ र विश्वास पुर्याउन सकेनन् भने फेरि संविधानको धारा ७६ (५) अनुसार अर्को सरकार गठन प्रक्रिया अघि बढ्छ ।

यो प्रक्रियामा संसद्को कुनै पनि सदस्यले आफूले संसदान विश्वासको मत पुर्याउन सक्ने आधार पेस गर्नुपर्छ र त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् ।

यसरी नियुक्त प्रधानमन्त्रीले समेत संविधानको व्यवस्थाअनुसार पुनः अघिल्ला प्रक्रियामा जस्तै संसदमा ३० दिनभित्र विश्वास रहेको प्रमाणित गर्नुपर्नेछ । विश्वासको मत लिन सकेन भने उसले धारा ७६ (७) अनुसार ६ महिनाभित्र प्रतिनिधिसभा अर्को निर्वाचन गर्नेगरी संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…