Logo जेठ ३०, २०७८ आइतबार


वागमती प्रदेशमा ३१ पत्रकार संक्रमित, सतर्कता अपनाउन अपिल

काठमाडाैं । कोभिड–१९ को दोस्रो चरणको संक्रमणबाट पत्रकारहरु पनि अछुतो छैनन् । वागमती प्रदेशमा ३१ जना पत्रकारहरु संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै समाचार संकलनको क्रममा सजकता अप्नाउन अपिल गरेको छ । वागमती प्रदेश समितिका महासचिव कृष्ण सारुमगरले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अपिल गरेका हुन् ।

‘वागमती प्रदेश समिति अन्तर्गतका १० जिल्लामा आज मिति २०७८ वैशाख २७ गतेसम्म ३१ जना सञ्चारकर्मी कोभिड १९ बाट संक्रमित भई स्वास्थ्यउपचार गराइरहनुभएको छ ।’ अपिलमा भनिएको छ, ‘संक्रमित भएकामध्ये मकवानपुरमा १०, रामेछापमा ६, काभ्रेमा ४, चितवनमा ३, धादिङमा ३, सिन्धलीमा २, नुवाकोटमा १, सिन्धुपाल्चोकमा १ र दोलखामा १ जना हुनुहुन्छ । कोरोना संक्रमित भई स्वास्थ्य उपचारमा रहेका सबै सञ्चारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका सञ्चारकर्मीहरुले समाचार संकलन तथा सम्प्रेषण गर्न अस्पताल तथा स्वास्थ्य केन्द्र, आइसोलेसन, क्वारेन्टाइन क्षेत्र र भीडभाड भएका ठाउँमा अग्रभागमा रहेर समाचार संकलन कार्य गर्नुपर्ने बाध्यता भएकाले पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई महासंघले आव्हान समेत गरेको छ ।

अपिलमा सञ्चारकर्मीहरुलाई अग्रपंक्तिमा खटिने वर्ग (फ्रन्टलाइनर) घोषणा गरि उनीहरुको स्वास्थ्य र सुरक्षाको बिशेष प्रबन्ध गर्न सरकारसँग माग समेत गरेको छ ।

प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति अन्तर्गतका १० जिल्लामा आज मिति २०७८ वैशाख २७ गतेसम्म ३१ जना सञ्चारकर्मी कोभिड १९ बाट संक्रमित भई स्वास्थ्यउपचार गराइरहनुभएको छ ।

संक्रमित भएकामध्ये मकवानपुरमा १०, रामेछापमा ६, काभ्रेमा ४, चितवनमा ३, धादिङमा ३, सिन्धलीमा २, नुवाकोटमा १, सिन्धुपाल्चोकमा १ र दोलखामा १ जना हुनुहुन्छ । कोरोना संक्रमित भई स्वास्थ्य उपचारमा रहेका सबै सञ्चारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका सञ्चारकर्मीहरुले समाचार संकलन तथा सम्प्रेषण गर्न अस्पताल तथा स्वास्थ्य केन्द्र, आइसोलेसन, क्वारेन्टाइन क्षेत्र र भीडभाड भएका ठाउँमा अग्रभागमा रहेर समाचार संकलन कार्य गर्नुपर्ने बाध्यता भएकाले पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई महासंघ आह्वान गर्दछ । सञ्चारकर्मीहरुलाई अग्रपंक्तिमा खटिने वर्ग (फ्रन्टलाइनर) घोषणा गरि उनीहरुको स्वास्थ्य र सुरक्षाको बिशेष प्रबन्ध गर्न सरकारसँग माग गर्दछौं ।

सबै सञ्चार गृहहरुलाई कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि पूर्वसतर्कताको तयारी गर्न, आवश्यक सामग्रीको प्रबन्ध गर्न र महासंघ जिल्ला शाखाहरुलाई बिपदको समयमा जोखिम मोलेर समाचार संकलनमा खटिने सम्पूर्ण सञ्चारकर्मीहरुलाई आवश्यक सतकर्ता अपनाएर समाचार संकलन गर्ने बातावरण निर्माणको लागि आवश्यक समन्वय गर्न आग्रह गर्दछौं । महासंघ प्रदेश समितिले प्रदेश सरकार एवं स्थानीय तहसंग समन्वय गरि सञ्चारकर्मीहरुलाई स्वास्थ्य समग्री र राहत एवं उपचारका लागि समन्वय तथा पहल गरिरहेको छ ।

समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न सञ्चारकर्मीहरुलाई महासंघ विशेष आग्रह गर्दछ ।
कृष्ण सारु मगर
महासचिव

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।