Logo जेठ ३०, २०७८ आइतबार


नयाँ सरकार गठन जसपाकाे प्राथमिकता हाेइन : अध्यक्ष ठाकुर

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताउनुभएकाे छ । अध्यक्ष ठाकुरले हिजाे (सोमवार) राती विज्ञप्ति जारी गर्दै जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रीत रहेको बताउनुभएकाे हाे।

वैकल्पिक सरकारमा सहभागी हुनु मधेश आन्दोलनको मर्म र भावना प्रतिकुल भएको समेत अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

‘वैकल्पिक सरकारमा सहभागी हुनु मधेश आन्दोलनको मर्म र भावना प्रतिकुल हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धँकेलिने निश्चितप्राय: छ ।’ विज्ञप्तिमा जनाइएकाे छ ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले सरकार निर्माणमा लाग्ने भन्दै कांग्रेस र माओवादी केन्द्रसँगै संयुक्त विज्ञप्ति जारी गरेलगतै ठाकुरले मध्य रातमा विज्ञप्ति जारी गरी नयाँ गठवन्धनमा सहभागी नहुने बताउनुभएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…