Logo असार १, २०७८ मंगलबार


नेपाल सुपर लिग : काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने

काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ  रेजर्स र धनगढी एफसी भिड्ने भएका छन्। आज (साेमवार) को खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ ।

लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ ।

ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ । दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे शुरु हुने छ ।

लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाडौँ पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।