Logo असार १, २०७८ मंगलबार


भारतीय भेरिएन्ट वैश्विक चिन्ताको कारण बन्यो : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले भारतीय कोभिड–१९ को भेरिएन्ट विश्वका लागि चिन्ताको कारण भएको बताएकोछ ।

यो भेरिएन्ट सर्ने क्षमता र खोपलाई बेसर गर्ने क्षमता बढी रहेको चिन्ताको कारण भएको डब्लुएचओले जनाएको छ ।

गत वर्ष यो भेरिएन्ट भारतमा पहिलो पटक पहिचान गरिएको थियो । यसलाई बीडटवानडट सिक्सहन्ड्रेड सिक्सटीन स्ट्रेनको रूपमा भनिएको थियो । भारतमा हालका महिनमा बढिरहेको संक्रमण र मृत्युको कारण यो भेरिएन्टलाई भनिएको छ ।

हालका केही सातामा भारतको दैनिक संक्रमितहरूको संख्या चार लाख बढी रहँदै आएको छ ।

जेनेभामा डब्लुएचओको प्राविधिक समूहका प्रमुख मारिया भान करखोभेले यो भेरिएन्टलाई वैश्विक स्तरको चिन्ता भएको बताउनुभएकाे छ ।

भारतको यो भेरिएन्ट नयाँ कोरोनाभाइरसको चौथो स्ट्रेन हो । कोरोनाभाइरसको संसर्गबाट विकास भएको पहिलो स्ट्रेन बेलायतमा फेला परेको थियो ।

यसलाई पहिलो स्ट्रेन, दक्षिण अफ्रिकामा फेला परेकोलाई दोस्रो र ब्राजिलमा फेला परेकोलाई तेस्रो स्ट्रेन भनिएको हो । हाल यसका दस फरक खालका भेरिएन्टहरूलाई विश्वभर पहिचान गरिएको छ । जुन भेरिएन्टको सर्ने क्षमता धेरै हुन्छ त्यसलाई डब्लुएचओले खतरनाक वर्गीकरणमा राख्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।