Logo असार १, २०७८ मंगलबार


काठमाडौं उपत्यकाकोे निषेधाज्ञा १५ दिन लम्बियाे, थप कडाइ गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । आज (मंगलवार) बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो।

यसअघि उपत्यकामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्म हुनेछ।निषेधाज्ञाको समयवधि थपिएको यो दोस्रो पटक हो । यसअघि १६ गतेदेखि जारी निषेधाज्ञाको समायवधि २१ गते एक साता थप्दै वैशाख २९ सम्म लम्ब्याइएको थियो ।

बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा गरिने निर्णय गरिएकाे छ ।

यस्तै, खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको छ ।

पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पूर्ण रुपमा रोक लगाउने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाउने व्यवस्था गरेको छ । यसअघि विहे, ब्रतबन्धजस्ता कार्यक्रममा १५ जनासम्म सहभागी हुन पाइने व्यवस्था थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…