Logo असार १, २०७८ मंगलबार


पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त हुनुभएको छ ।

नर्भिक इन्टरनेशल अस्पतालले पूर्व राजा शाहसहित पूर्वरानी कोमल शाह र
पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमणमुक्त भएको जनाएको छ । उनीहरू तीनै जनाको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभएको हो ।

संक्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।

बाँस्तोलाका अनुसार पूर्वरानी शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष (आइसीयू) बाट शय्यामा सारेर उपचार भइरहेको छ ।

शाह परिवार कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालले पूर्वरानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।