Logo असार ४, २०७८ शुक्रबार


आफ्नो दलको नेतृत्वमा बहुमतको सरकारको दाबी गर्ने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो दलको नेतृत्वमा राष्ट्रपतिसमक्ष बहुमतको सरकारको दाबी गर्ने निर्णय गरेको छ ।

मंगलवार बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले नयाँ सरकार गठनका बारेमा सबै दलहरूसँग छलफल गरेर राष्ट्रपतिसमक्ष बहुमतको सरकारको दाबी गर्ने निर्णय गरेको हो ।

काँग्रेसले जनता समाजवादी पार्टी (जसपा) र एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग समेत सरकार निर्माणका बारेमा छलफल गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र कुनै समस्या नभएको पनि प्रष्ट पार्नुभयो ।

एमालेभित्र समेत असन्तुष्टि देखिएको र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु संसद बैठकमा अनुपस्थित भएको अवस्थामा नेपाल समूहसँग समेत छलफल गर्ने निर्णय कांग्रेसले गरेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो । बहुमतको सरकारको लागि एमालेको खनाल–नेपाल समूहको पनि समर्थन रहने काँग्रेसको विश्वास रहेको महतले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि बैशाख ३० गतेसम्मको समय दिएर दलहरुलाई आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…