Logo असार १, २०७८ मंगलबार


एकैदिन ८० जना आरोही सगरमाथा शिखरमा

सोलुखुम्बु । एकैदिन ८० जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।

मंगलबार मात्र करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली मंगलवार बिहान ६ः४० बजेको समयमा सगरमाथाको शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुगेको निर्देशक आचार्यले जानकारी दिनुभयो ।

१३ मे सम्मको मौसम आरोहणका लागि अनुकुल देखिएको बताउदै अधिकृत आचार्यले त्यसबेलासम्म करिब २०० आरोहीले सगरमाथा आरोहण गर्ने अनुमान रहेको जानकारी दिनुभयो । वसन्त यामको सगरमाथा आरोहण यही वैशाख २४ गते देखि शुरु भएको थियो ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण शुरु भएको विभागले जनाएको छ ।

मन्त्रालयलका अनुसार वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरी ४०८ जनाले आरोहण अनुमती लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…