Logo असार १, २०७८ मंगलबार


भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या घट्दै

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख २९ हजार ९४२ जना नयाँ संक्रमित थपिएको जनाएको छ । योसहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड २९ लाख ९२ हजार पुगेको छ ।

भारतमा हाल ३७ लाख १५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् जुन अघिल्लो दिनभन्दा ३० हजारले कमी हो । हालसम्म एक करोड ९० लाख २७ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

यसैबीच, कोभिड–१९ को महामारीका कारण २४ घण्टामा थप तीन हजार ८७६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ४९ हजार ९९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…