Logo असार १, २०७८ मंगलबार


कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन

काठमाडौं । कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । एमालेका लोकप्रिय नेता चौलागाईँ गत निर्वाचनमा दोलखा ९ख० बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमालेको युवा संघका पूर्व अध्यक्ष समेत रहेका चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।

चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज समेत थिए । उनी एमालेका प्रभावशाली र लोकप्रिय नेताका रुपमा स्थापित थिए ।

काठमाडौं पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई समेत कोरोना पोजेटिभ देखिएका कारण उनीहरू होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…