Logo असार १, २०७८ मंगलबार


माओवादी केन्द्र, जसपा र नेपाल समूहसँग गठबन्धनकाे प्रयासमा नेपाली कांग्रेस

काठमाडौं । नयाँ सत्ता गठबन्धनका लागि नेपाली कांग्रेसले औपचारिक छलफल शुरु गरेको छ । नयाँ सरकार निर्माणको दावी नजिकिदै गर्दा कांग्रेसले वार्ता र छलफलको माध्यमद्वारा सत्ता गठबन्धनको प्रयास गरिरहेको छ ।

संसदमा दोस्रो ठूलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि आफ्नो दलले दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्ने दावीसहित हिजो देउवा निवासमा बसेको पदाधिकारी बैठकले नयाँ सरकार निर्माणमा छलफल गर्ने निर्णय गरेको थियो ।

‘विपक्षमा रहेका सबै शक्तिबीच गठबन्धन बनाएर सरकारको नेतृत्वमा अघि बढ्ने’ पदाधिकारी बैठकको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका माधवकुमार नेपाल समूहसँग गठबन्धन प्रयास शुरु गरेको छ ।

कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन ‘असफल’ भएपछि कांग्रेसले आफू नेतृत्वमा सरकार गठन पहल थालेको र विपक्षमा रहेका सबै शक्ति एक ठाउँ ल्याउने कोशिस भइरहेको छ ।

‘सबै विपक्षी एक ठाउँ ल्याउने र सरकार गठन गर्ने प्रयास भइरहेको छ,’ कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले भन्नुभयो, ‘कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेभित्रको माधवकुमार नेपाल समूहसँग पनि गठबन्धन प्रयास गर्ने बैठकको निर्णय हो, सबैसँग छलफल हुन्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्र सिंगै जसपा र नेपाल समूहको समर्थन जुटाउने कोशिस भइरहेको महतले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले सोमबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई संविधानको धारा ७६ (२) अनुसार आउन तीन दिनको समय दिनुभएको छ, जसमा भोलि राती ९ बजेसम्म नयाँ सरकारको नेतृत्व दावीसहित प्रधानमन्त्री पदका लागि नाम सिफारिस गर्नुपर्ने हुन्छ ।

कांग्रेसले आफू नेतृत्वमा सरकार बनाउन सबैभन्दा भरपर्दो वातावरण माओवादी केन्द्रबाट पाएको छ । सकेसम्म सिंगो जसपालाई पनि गठबन्धनमा ल्याउने कोशिस भइरहेको कांग्रेसले जनाएको छ ।

‘विपक्षमा रहेका दलसँग छलफल हुन्छ, माओवादीले प्रस्ट भनिसकेको छ, जसपाको एउटा समूह पनि प्रस्ट छ,’ कांग्रेस सहमहामन्त्री महतले भन्नुभयो, ‘सिंगो जसपा कांग्रेसले नेतृत्व गर्ने गठबन्धनमा आउँछ, विकल्पमा अर्को तरिका पनि छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…