Logo असार १, २०७८ मंगलबार


आगामी तीन साता अत्यन्त कठिन अवस्था : डा पाण्डे

काठमाडौं । जनस्वास्थ्यविद डा रविन्द्र पाण्डेले आगामी तीन साता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताउनुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै डा पाण्डेले आगामी तीन साता काेराेना संक्रमण तीव्र गतिमा फैलिने बताउनुभएकाे हाे ।

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं ।’ डा पाण्डेले आम सर्वसाधारणामा आग्रह गर्नुभएकाे छ ।

पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर निस्कन आग्रह गर्दै उहाँले भन्नुभएकाे छ ‘६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं, भेटघाट बन्द गरौँ ।’

यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जाने उहाँकाे भनाइ छ । ‘रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ ।’ उहाँले भन्नुभएकाे छ ।

यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगर्न आग्रह गर्दै सरकारले कडाइ गरेको हाम्रै लागि हो भन्दै आम सर्वसाधारणलाई कडा सेल्फ लकडाउनमा बस्न उहाँले आग्रह गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…