Logo असार १, २०७८ मंगलबार


नयाँ भेरियन्टले छिटो निमोनियाँ बनाउँदा मृत्युदर बढ्यो

काठमाडाैं । नयाँ भेरियन्टले छिटो निमोनियाँ बनाउँदा दोस्रो लहरको कोरोना संक्रमणको मृत्युदर बढेको चिकित्सकले बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा शेरबहादुर पुनका अनुसार नेपालमा फैलिरहेको भारतमा देखिएको डबल म्युटेन्ट भेरियन्टको कोरोना हुन सक्छ, जुन युके भेरियन्टको तुलनामा कडा मानिन्छ। तर नेपालमा कुनचाहिँ भेरियन्ट फैलिएको हो भन्ने बारेमा अध्ययन भइनसकेको उहाँले बताउनुभयाे ।

अस्पतालमा ढिलो गरी पुग्नु, पुगेकाले पनि उपचार नपाउनुजस्ता कारणले मृत्युदर ह्वात्तै बढेको डा पुन बताउँनुहुन्छ।

एकातिर भाइरस नै कडा भएर आएको देखिन्छ, अर्कोतिर अस्पताल पुगिसकेपछि पनि सबैले राम्रो उपचार पाएका छैनन् भनेर डा पुनले भनेकाे समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…