Logo असार १, २०७८ मंगलबार


आईसीयूकाे अभावले आकस्मिक कक्षमै ६ संक्रमितको मृत्यु

रूपन्देही। लुम्बिनी प्रादेशिक अस्पतालको अकस्मिक कक्षमै ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । आईसीयू शय्या अभावमा ६ जना संक्रमितको मंगलवार राति ज्यान गएको हो ।

मृतक ६ जना अस्पतालको आकस्मिक कक्षमा शय्या पर्खिदै गर्दा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

मृत्यु हुनेमा हिजोमात्रै आकस्मिक कक्षमा उपचारका लागि पुगेका पाल्पाको तानसेन नगरपालिका–१४ का ३८ वर्षीय पुरुष छन् । त्यस्तै, रुपन्देहीको सैनामैना–७ का ३५ वर्षीय पुरुषको मंगलवार साँझ ६ः३५ बजे, वैशाख २६ गतेदेखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलवार साँझ ५ः३३ बजे मृत्यु भएको हो ।

मंगलवार नै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधवार बिहान ७ः५२ बजे मृत्यु भएको छ । वैशाख २४ गतेदेखि इमर्जेन्सीमा रहेका तिलोत्तमा–१ का ५७ वर्षीय पुरुषको बुधवार बिहान ५ः५२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा बिष्णु गौतमले बताउनुभयो ।

मंगलवार नै गम्भीर अवस्थामा इमर्जेन्सीमा ल्याइएका बुटवल–६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू शय्यामा पुर्‍याएलगत्तै मंगलवार राति ७ बजे मृत्यु भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…