Logo असार १, २०७८ मंगलबार


यसरी बन्छ देउवाकाे नेतृत्वमा नयाँ सरकार !

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासकाे मत प्राप्त गर्न असफल भएसँगै नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास शुरू गरेकाे छ । तर नयाँ सत्ता समीकरणका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको फरक अडानले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अघि बढेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बहुमत संख्या पुर्‍याउन कठिन भएको हो ।

देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जसपाको पूर्ण समर्थन जुटाउने प्रयासी जारी राखेका छन् ।

कांग्रेसकाे नेतृत्वमा सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्रका तथा जसपाकाे पूर्ण समर्थन चाहिन्छ । तर जसपाकाे एक समूह (१५ सांसद) नयाँ गठबन्धनकाे सरकारकाे विपक्षमा उभिएका कारण कांग्रेसकाे नेतृत्वमा सरकार गठन कठीन देखिएकाे छ । यदि जसपाकाे याे समूहले साथ नदिने हाे भने एमालेकै असन्तुष्ट समूहले साथ दियाे भने कांग्रेसकाे नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देखिएकाे छ ।

हिजाे बसेकाे कांग्रेस पदाधिकारीको बैठकले जसपाको ठाकुर पक्षलाई मनाउन नसके एमालेको माधवकुमार नेपाल समूहका सांसदको सामूहिक राजीनामा दोस्रो विकल्प हुन सक्ने भन्दै छलफल अघि बढाउने निष्कर्ष निकालेको छ । तर कांग्रेसकाे नेतृत्वमा सरकार गठन गर्न एमालेका सांसदले राजीनामा दिने कुरा पनि विश्वास गर्न मुश्किलनै देखिएकाे छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार बहुमत जुटाउन अनौपचारिक र औपचारिक तहमा सबै पक्षसँग छलफल भइरहेको छ ।

सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीहरूको बैठकमा एमालेको खनाल–नेपाल पक्षले राजीनामा नदिएसम्म बहुमत जुटाउन समस्या पर्ने निष्कर्ष निकालिएको थियो । ‘अहिलेसम्मको कुराकानी सकारात्मक छ, माओवादी, जसपा र झलनाथ–माधवजीहरूसँग पनि कुरा गर्छौं,’ पौडेलले भन्नुभयाे, ‘एकसरो कुराकानी गरेपछि ठोस कुरा हुन्छ । राष्ट्रपतिले दिएको समयसीमाभित्रै हामी दाबी पेस गर्न सक्छौं भन्ने लाग्छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको प्रधानमन्त्री नियुक्तिका लागि भाेलि (बिहीवार) सम्म समय दिनुभएकाे छ ।

एमालेका नेपाल समूहका कम्तीमा २० सांसदले राजीनामा दिए वैकल्पिक सरकार बन्न सक्ने हिसाब कांग्रेस र माओवादी केन्द्रका नेताहरूले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमा मतदान हुनुअघि नै राजीनामा दिने अनौपचारिक समझदारी नेपाल पक्षका सांसदले कांग्रेस र माओवादीसँग गरेका थिए । तर अन्तिममा राजीनामाबाट पछि हट्दै ओलीलाई पनि विश्वासको मत नदिइकन यो पक्ष बसेको थियो । त्यसैले यो पक्षले सरकार बनाउन सहज हुने गरी राजीनामा देला भन्नेमा कांग्रेस नेताहरू ढुक्क छैनन् ।

राष्ट्रपतिकामा बहुमत हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्दा दलीय आबद्धता खुलाउनुपर्छ । संविधानको धारा ७६(२) ले ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछ’ भन्ने उल्लेख छ ।

वैकल्पिक सरकार निर्माणको विषयमा जसपा २ कित्तामा छ । अध्यक्ष यादव र उनले नेतृत्व गरेको पूर्वसमाजवादी धार विपक्षी गठबन्धनको सरकार निर्माणमा जुटेको छ । ठाकुर पक्ष र उनले नेतृत्व गरेको पूर्व राजपा धार विपक्षी गठबन्धन सरकार बन्न नदिने खेलमा छ । यादव पक्ष पार्टी केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट निर्णय गरेर सरकार निर्माणमा जाने तयारीमा छ । ठाकुर पक्षले यादव पक्षलाई रोक्न केन्द्रीय कार्यकारिणी समितिमा बहुमत पुग्न नदिने गरी कसरत गरिरहेको छ ।

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संकीर्ण दलीय गुटभन्दा माथि उठेर वैकल्पिक सरकारको पक्षमा लाग्नुपर्ने बताएका छन् । ‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्रै होइन । मुख्य प्रश्न लोतन्त्रको रक्षा गर्दै कोरोनालगायत राष्ट्रिय समस्याहरूको हल गर्नु हो,’ उहाँले ट्वीट गर्दै भन्नुभएकाे छ, ‘त्यस निम्ति सबै संकीर्ण दलीय, गुटीय सोचभन्दा माथि उठ्नैपर्छ । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ ।’

यहाँ प्रष्ट के देखिन्छ भने कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि माओवादी केन्द्रसहित जसपाको पूर्ण समर्थन आवश्यक छ । जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त गर्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…