Logo असार १, २०७८ मंगलबार


नेपाल सुपर लिगकाे दाेस्राे प्लेअफ आज

काठमाडाैं । पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएलको दोस्रो क्वालिफायर खेल आज हुँदै छ । समूह चरणको खेल सकिँदा तेस्रो र चौथो स्थानमा रहेका टिमबीच दोस्रो क्वालिफायर खेल हुन लागेको हो ।

दोस्रो क्वालिफायरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्ने छ ।

काठमाडौंलाई पहिलो क्वालिफायरमा पराजित गर्दै धनगढीले फाइनलमा भने स्थान सुरक्षित गरिसकेको छ । दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो क्वालिफायरमा तेस्रो स्थानको ललितपु र चौथो स्थानको बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने छ ।

सुरुआती चार खेलमा जितविहनी रहेको ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेपछिको लगातार २ खेल जितेर प्लेअफमा छनोट भएको हो भने निर्णायक खेलमा धनगढी एफसीलाई पराजित गरी बुटवल लुम्बिनी चौथो स्थानमा रहेर प्लेअफमा स्थान सुरक्षित गरेको थियो ।

लिग चरणमा भेट हुँदा बुटवल लुम्बिनीलाई ललितपुरले १–० गोल अन्तरले पराजित गरेको थियो ।

आजको खेलको विजेता टोलीले भोलि नै इलिमिनेटर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग खेल्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…