Logo असार ४, २०७८ शुक्रबार


विश्वभर १६ करोड १० लाखमा संक्रमण, १३ करोड ८८ लाखले जिते काेराेना

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ५८१ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ७ लाख ४१ हजार ५७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ ।

हालसम्म विश्वभर १६ करोड १० लाख  ६७ हजार ६७९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ८८ लाख ५९ हजार ६५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ४४ हजार ४९९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार २५२ जनाको ज्यान गएको छ । १ लाख १ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख २२ हजार ३४९ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ३ लाख १६ हजार ४६३ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…