Logo असार ४, २०७८ शुक्रबार


नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडाैं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लाे तत्थ्यांक अनुसार हाल सक्रिय संक्रमित १ लाख ए१हजार ६ सय ३४ छन् ।

संक्रमितहरू होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा रहनेको संख्या पाँच सय १७ पुगेकाे छ ।

देशभर पछिल्लो २४ घन्टामा नौ हजार तीन सय पाँचजना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या चार लाख २२ हजार तीन सय ४९ जना पुगेको छ ।

संक्रमितमध्ये तीन लाख १६ हजार चार सय ६३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा चार हजार चार सय ४४ संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घन्टामा एक सय ६८ संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने संक्रमितको संख्या चार हजार दुई सय ५२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…