Logo असार ४, २०७८ शुक्रबार


काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा आजदेखि थप कडाइ भएको छ । कोरोना संक्रमण हुने क्रम तीव्र हुन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुखहरुको बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

गत २२ गतेदेखि जारी निषेधाज्ञा हिजो राती १२ बजेपछि सकिएपछि नयाँ स्वरुप र कडाइसहित जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

यो अवधिमा सरकारी कार्यालयका अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने जनाइएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीका अनुसार कोरोना संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले यस्तो निर्णय गरिएको हो ।

औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय वैशाख ३० गतेदेखि बन्द गर्न÷गराउन आदेश जारी गरिएको छ । अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा काम गर्न भनिएको छ ।

निषेधाज्ञामा बिहान १० बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स खुला रहने जनाइएको छ । साथै सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…