Logo असार ४, २०७८ शुक्रबार


सपना आईजीपीको, रिटायर्ड डीएसपीमै

काठमाडाैं । सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढ्दा ‘फ्रेस’ मा भर्ना भएका अधिकृतहरुमा नैराश्यता छाउँदै गएको छ । सशस्त्र प्रहरी निरीक्षक ९इन्सपेक्टर० मा सेवा प्रवेश गरेका अधिकृतहरुलाई भावी महानिरीक्षक (आईजीपी)को रुपमा हेरिने भएपनि समयमै वृत्तिविकास नहुँदा एक तहमाथिको नायव उपरीक्षक (डीएसपी) मै अवकाश पाउने स्थिति बन्दै गएको छ ।

लामो समयदेखि वृत्तिविकासमा परेको असरले उनीहरु सेवामा रहिरहने कि राजिनामा दिने भने दोधारमा छन् । सशस्त्रको नेतृत्वमा रहेकाले उचित समयमा उचित निर्णय लिन नसक्दा यो अवस्था आएको हो । यसमा हालको पदीय संरचना पनि दोषमुक्त छैन ।

सशस्त्रमा हाल डीएसपीदेखि नायव महानिरीक्षक (डीआईजी)सम्म १०५ पद रिक्त रहेपनि बढुवा प्रक्रिया अगाडि नबढेकाले उनीहरु थप तनावमा छन् । लामो समयदेखि एउटै पदमा रहनु पर्दा उनीहरुमा सेवाप्रति नै वितृष्णा छाउँदै गएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्याल बढुवा प्रक्रिया अगाडि बढाउने विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् । ‘यस विषयमा मलाई कुनै जानकारी छैन,’ प्रवक्ता अर्यालले राजधानीसँग भने ।

नेपाल प्रहरीमा सहायक निरीक्षक (असई) र नायव निरीक्षक (सई) मा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका अधिकृतहरु उपरीक्षक (एसपी), वरिष्ठ उपरीक्षक (एसएसपी) बनिसक्दा पनि खुल्ला प्रतिस्पर्धामार्फत ‘फ्रेस’मा इन्सपेक्टर भएकाहरु १५ वर्ष कटिसक्दा पनि एक तहमाथिको डीएसपी बन्न सकेका छैनन् ।

अवस्था यतिसम्म बनेको छ कि, नेपाल प्रहरीमा प्राविधिकमा भर्ना भएका सईहरु अबको बढुवामा डीआईजी बन्नेछन् । उनीहरु डीआईजी बनेपछि पनि वरिष्ठ एसएसपीमा प्रहरीका प्राविधिक सई नै हुनेछन् । अर्को बढुवामा तिनीहरु नै डीआईजी हुनेछन् । सेवा अवधि बढी नै बाँकी रहेकाले उनीहरु अझै सो पदभन्दा माथि पुग्नेछन् । यो फाइदा लिनेमा हालका एसएसपीहरु कालीदास धौबजी, कुमार न्यौपाने, विदूर खड्का, प्रदिपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठकलगायतले लिनसक्ने छन् । यद्यपि खड्काको भने सेवा अवधि अब साढे दुई वर्ष मात्र बाँकी छ ।

नेपाल प्रहरीमा उनीहरुसँगै भर्ना भएकाहरु भने अहिले पनि इन्सपेक्टर र डीएसपी छन् । नेपाल प्रहरीबाट सशस्त्रमा स्थानान्तरण हुँदा प्राविधिकलाई पनि गैरप्राविधिक ९इन्फेन्ट्री० मानिएकाले उनीहरुलाई यस्तो अवसर मिलेको हो । नेपाल प्रहरी र नेपाली सेनाबाट स्थानान्तरण भई गएकाहरुले राम्रो अवसर पाए पनि सशस्त्रमै खुल्ला प्रतिस्पर्धामार्फत प्रवेश गरेकाहरु ‘अन्याय’ मा परेका हुन् । सशस्त्र प्रहरी स्थापनाताका नेपाल प्रहरीबाट ९ हजार ८ सय १४ र नेपाली सेनाबाट एक सय २० जना गएका थिए । त्यस्तै करारमा दुई हजार ५० जनालाई लिइएको थियो । सशस्त्रमा नेपाली सेनाबाट आएका अब एक जना मात्रै बाँकी छन् ।

सशस्त्र प्रहरीको पदीय संरचनाअन्तर्गत आईजीपी एक, अतिरिक्त महानिरीक्षक ९एआईजी० दुई, डीआईजी, १६, एसएसपी २६, एसपी ८७, डीएसपी तीन सय ६० र इन्सपेक्टर (४) रहेको छ । माथिल्ला तहमा दरबन्दी कम र नेपाल प्रहरीबाट आएकाहरुले लामो समयसम्म ठाउँ ओगट्दा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएकाहरुको वृत्ति विकासमा असर परेको हो ।

३७ हजार एक सय १९ दरबन्दी रहेको सशस्त्र प्रहरीमा यसअघि एआईजी ६ र डीआईजी १८ रहने व्यवस्था थियो । तीन वर्षअघि एआईजी दुई र डीआईजी १६ बनाइयो । पछिल्ला दिनमा यसले पनि सशस्त्र प्रहरी अधिकृतहरुको वृत्ति विकासमा असर पारेको देखिएको छ । सशस्त्र प्रहरीका उच्च अधिकृतहरु एआईजीको संख्या कम भएकाले कार्यसम्पादनमा गम्भीर असर पारेको बताउन थालेका छन् । पछिल्ला दिनमा सशस्त्र प्रहरीको ध्यान सीमा सुरक्षामा बढी नै केन्द्रित भएकाले सीमा विभागलाई छुट्टै बनाई त्यसमा एआईजीको दरबन्दी थप्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।

अहिलेको स्थिति हेर्दा दरबन्दी थप नभएको अवस्थामा पाँच ओटा ब्याचका कतिपय अधिकृतहरु एसपी र एसएसपी पनि बन्न सक्ने देखिदैन । सिसं ३ देखि सिसं ७ का अधिकाँश अधिकृतहरु डीएसपी र एसपीमै अवकाशमा जाने देखिन्छ । सिसं १ र २ का अधिकृतहरु भने नेतृत्वदायी तहमा पुग्ने छन् ।

२६ कात्तिक २०५९ मा इन्सपेक्टर भएका सिसं १ का ९ जना अहिले कायममुकायम एसएसपी छन् । उनीहरुभन्दा पाँच महिनापछि ७ चैत २०५९ मा भर्ना भएकाहरु सबै जना एसपी भइसकेका छन् । जसमध्ये अब आठ जना कामु एसएसपी बन्नेछन् ।

सिसं २ भन्दा १५ महिनापछि २९ साउन २०६० मा भर्ना भएका सिसं ३ का अधिकृतहरु कहिले एसपी बन्ने कुनै ठेगान छैन । सिसं ३ मा ९६ जना पास आउट भए पनि अहिले ९० जना कार्यरत छन् । उनीहरु सेवामा प्रवेश गरेको नै १८ वर्ष पुगिसकेको छ ।

सशस्त्र प्रहरीमा हाल रिक्त एसपीको संख्या ३५ छ । तर नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका उनीहरुभन्दा सिनियर डीएसपीको संख्या ५८ छ । जसमध्ये प्रविणता तह उत्तीर्ण गरेकाको संख्या २८ रहेकाले ३० जना मात्र एसपीका दाबेदार छन् । त्यसैले अबको बढुवामा सिसं ३ का अधिकृत पनि पर्नेछन् । तर सेवा अवधि १८ वर्ष पूरा भइसकेकाले प्रहरीबाट आएका र फ्रेसमा आएका सिसं ३ का अधिकृतहरुलाई मिलाएर बढुवा गर्नुपर्ने मत पछिल्लो समय बलियो हुँदै गएको छ ।

हाल सशस्त्रमा सिसं ५ सम्मका इन्सपेक्टर डीएसपी भइसकेका छन् । सिसं ४ मा ९७ र सिसं ५ मा ८९ जना सेवा प्रवेश गरेका थिए ।

अबको पालो सिसं ६ को हो । २१ फागुुन २०६२ मा फ्रेसमा भर्ना भएका सिसं ६ का इन्सपेक्टरहरु १६ वर्ष लागिसक्दा पनि डीएसपी हुन सकेका छैनन् । हाल सशस्त्रमा रिक्त डीएसपी पद संख्या ६० छ ।

सिसं ६ मा एक सय १ जना सेवा प्रवेश गरेको भएपनि हाल ९३ जना कार्यरत छ । उनीहरु सबै जना अहिले बढुवामा पर्ने छैनन् । जबकि नेपाल प्रहरीमा उनीहरुसँगै इन्सपेक्टरमा भर्ना भएकाहरु डीएसपी भएकै पाँच वर्ष पुुग्न लागिसकेको छ।

सशस्त्रका अवकाशप्राप्त एक उच्च अधिकारीका अनुसार, सिसं ६ भन्दा सिसं ७ मा भर्ना भएका इन्सपेक्टर बढी मारमा पर्नेछन् ।

६ असार २०६४ मा इन्सपेक्टर बनेको सो व्याचका एक सय ३१ जना छन् । सो ब्याचका कतिपय इन्सपेक्टरहरु २८ वर्षपछि मात्र डीएसपी बन्नेछन् । उनीहरु टीके एसपी पनि बन्ने छैनन् । सशस्त्र प्रहरी नियमावलीमा अवकाश हुने बेला एक तह बढुुवा हुन पाँच वर्ष पूरा भएको हुनुपर्ने छ । त्यसैले उनीहरुले यो सुविधा पनि पाउने छैनन् ।

सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार गठन भएको कानुन र लेखा उपसमूहले पनि सशस्त्रमा थप बेथिति निम्तिएको छ । खुल्ला प्रतिस्पर्धामार्फत सशस्त्र प्रहरी निरीक्षकमा सेवा प्रवेश गरी लेखा उपसमूहमा गएका सिसं ४ का राजकुमार ढकाल र ५ का करबहादुर घर्ती अहिले पनि सोही पदमा कार्यरत छन् । जबकि, सिसं ५ सम्मका सबै जना डीएसपी भइसकेका छन् । सशस्त्र नेतृत्वले उनीहरुका पीडा र समस्या पनि बेलैमा सम्बोधन गर्नुपर्ने देखिएको छ । याे समाचार राजधानी दैनिकमा रोशन श्रेष्ठले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…