Logo असार १, २०७८ मंगलबार


कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय

काठमाडाैं । अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड–१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर बढ्दै गएपछि अन्तर्राष्ट्रिय क्षेत्रले सक्रियता बढाउन थालेको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका ‘द गार्जियन’ अनलाइन संस्करणमा विश्वका ठूला देशसँग सहयोगका लागि आह्वान गरेपछि अन्तर्राष्ट्रिय निकायले सहयोग पहल थालेका हुन् ।

हाल, नेपालमा दैनिक ९ हजारको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् भने सयभन्दा बढीको ज्यान गइरहेको छ । अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाइरहेको स्थिति छ । स्वास्थ्य संकट गहिरिदै गइरहेकै बेला अन्तर्राष्ट्रिय नियोगले सहयोगका लागि अपिल गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघ नेपालस्थित आवसीय संयोजक सारा बेयसोलो नयन्तीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन निर्माता मुलुकसँग अपिल गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालले २० प्रतिशत नागरिकलाई भ्याक्सिन पु(याउन नसकेको र अहिलेको अवस्थामा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएकी छन्।

त्यस्तै, अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न करिब ४ करोड अमेरिकी डलर सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासको ट्वीटरमा उल्लेख भएअनुसार अमेरिकी रक्षा मन्त्रालयले कोभिड–१९ विरुद्ध लड्नका लागि अक्सिजन थेरापी, पीपीई, मेडिकल सामग्री प्रदान गरेको जानकारी दिएको छ ।

त्यस्तै, कोभिड–१९ विरुद्ध जुध्न चीनले नेपाललाई ३ हजार ५ सय सिलिन्डर अक्सिजन सहयोग गर्ने प्रतिबद्धताअनुसार मंगलबार मात्रै पहिलो खेपमा चार सय थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर आइपुगेको छ । कोभिड–१९ दोस्रो लहर फैलिएसँगै अक्सिजन र भेन्टिलेटर अभावका कारण दैनिक मृत्युदर बढिरहेकै बेला चीनले सहयोग गरेको हो ।

स्विटजरल्यान्ड विदेश मामिला संघीय विभागको एसिया प्रशान्त विभाग प्रमुख राफेल नागेली टोलीले एक साताभित्र नेपालमा कोभिडविजधानी दैरुद्ध लड्न मेडिकल सामग्री पठाउने प्रतिबद्धता जनाएको छ । स्वीटजरल्यान्डका लागि नेपाली राजदूत मणि भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।

विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशक एन्थोनी कोस्टेलोले पनि कोभिड–१९ दोस्रो लहरबाट आक्रान्त नेपाललाई सहयोगका लागि अपिल गरेकी छन् । बेलायत वैदेशिक मामिला अधिकारीलाई मेन्सन गर्दै उनले आवश्यक अक्सिजन, भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेकी हुन् । याे समाचार निराजन पाैडेलले राजधानी दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।