Logo असार १, २०७८ मंगलबार


दबाबमा नेपाल–खनाल समूह !

काठमाडाैं । सत्ता समीकरणमा निर्णायक मानिएको एमालेको खनाल–नेपाल समूहमा सबैको ध्यान सोझिएका बेला उसले भने जसपाको निर्णय पर्खिने भएको छ । गठबन्धन सरकारका विषयमा जसपाले बिहीबार बैठक डाकेको छ ।

उक्त बैठकले गर्ने निर्णयका आधारमा सांसद पदबाट राजीनामा दिएर गठबन्धन सरकार निर्माणको गाँठो फुकाउने या अरू कुनै विकल्प सोच्ने भन्ने खनाल–नेपाल समूहका नेताले जनाएका छन् प्रतिनिधिसभा सदस्य रहेका स्थायी कमिटी सदस्यहरूको बुधबार भर्चुअल छलफल भएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एकताको ढोका बन्द नगर्ने निष्कर्ष निकाल्दै गएको सोमबार खनाल–नेपाल समूहका सांसदले पदबाट राजीनामा दिएका थिएनन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा प्रतिनिधिसभामा अनुपस्थित सांसदले ओलीले थप संवादको पहल गर्छन् कि भन्ने आस गरेका थिए ।

तर एकातिर गठबन्धन सरकार बनाउने समय घर्किंदै जाने र अर्कातिर प्रधानमन्त्री ओलीले वास्तै नगर्ने भएपछि यो समूहमा राजीनामाका लागि दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…