Logo असार १, २०७८ मंगलबार


बुटवलमा थप ३ काेराेना संक्रमितकाे मृत्यु

रुपन्देही । बुटवलमा गएराति थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित धागो काराखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा २ जना र प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुने ३ नै जना पुरुष भएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

तिलोत्तमा–२ का ७५ वर्षिया पुुरुष र तिलोत्तमा–१३ का ५५ वर्षिया पुरुषको संघर उपचार कक्ष र एचडियूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमकाे भनाइ छ ।

त्यस्तै, बुटवल ६ का ८१ वर्षिया पुरुषको अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो।

बुधबार बुटवलकै इमर्जेन्सीमा शैया अभावले ६ जनाको र अस्थायी अस्पतालमा अक्सिजन सकिँदा ५ जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय रुपन्देहीमा संक्रमण तीव्र छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…