Logo असार १, २०७८ मंगलबार


कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडाैं । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले कोरोना सङ्क्रमणको समयमा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै युनियन काठमाडौँ शाखाले उपत्यकाका विभिन्न सञ्चारगृहमा पुगेर कार्यक्षेत्रमा खटिएका पत्रकारलाई मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

युनियनले प्राइम टाइम्स टेलिभिजन, हिमालय टेलिभिजन तथा एपिवान टेलिभिजनमा कार्यरत पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको शाखाका अध्यक्ष जगन्नाथ दुलालले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ शाखाले आगामी दिनमा एभिन्यूज, ग्लोबल, इमेजलगायतका सञ्चारगृहमा स्वास्थ्य सामाग्री वितरण गर्ने जनाएको छ । अध्यक्ष दुलालका अनुसार पाँच सयप्रति मास्क र १० बोतल स्यानिटाइजर वितरण गरिनेछ । गत वर्ष कोरोना सङ्क्रमणको बेलामा प्रेस युनियन काठमाडौँ शाखाले काठमाडौँमा क्रियाशील ४ सयभन्दा बढी पत्रकारलाई प्रेस लेखिएको पहेँलो ज्याकेट वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…