Logo असार १, २०७८ मंगलबार


नेपालसहित चार नेतामाथिकाे निलम्बन फुकुवा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चार नेतामाथि गरिएकाे निलम्बनकाे कारबाही फुकुवा गर्ने निर्णय गरेकाे छ । बिहीवार बिहान बसेकाे स्थायी कमिटी बैठकले चार नेतामाथिकाे कारबाही फिर्ता गर्ने निर्णय गरेकाे हाे ।

बालुवाटारमा सम्पन्न स्थायी कमिटीकाे बैठकले यसअघि ६ महिनाका लागि निलम्बन गरिएका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथिको कारबाही फुकुवा गरेको छ ।

त्यस्तै, माधवकुमार नेपाल सहूहसँग वार्ता तथा सहमति गर्ने अधिकार पनि आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको बेलामा अध्यक्ष ओलीले चार नेताहरुमाथिको यसअघिको निलम्बन कारबाही फुकुवा गरेर थप वार्ता तथा सहमतिको ढोका खाेलेकाे एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…