Logo असार १, २०७८ मंगलबार


नेपाल समूहका सांसदको राजिनामा नआए सरकारको दाबी नगर्ने काँग्रेसको निर्णय

काठमाडौं । प्रतिपक्षी गठबन्धनको सरकार गठनमा एमालको माधवकुमार नेपाल समूह निर्णायक हुने भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले एमालेको नेपाल समूहका सासंदहरुको सामूहिक राजीनामा नआएसम्म सरकारको दावी नगर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । एमालेको नेपाल समूहका सासंदहरुको सामूहिक राजीनामा नआएसम्म सरकारको दाबी गर्नुको कुनै औचित्य नहुने निष्कर्षमा काँग्रेस पुगेको हो ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार बनाउनको लागि दिइएको समय आज साँझ ९ बजेसम्मको छ। बेलुकासम्म बहुमत जुटाउनको लागि काँग्रेस र मा‌ओ‌वादीका नेताहरु लागिरहेका छन् ।

यता एमाले को ओली पक्ष जसपाको एक गुटलाई आफ्नो साथमा लिएर विपक्षीहरुको संख्या १३६ नपुर्‍याउने रणनीतिमा रहेको छ । यस्तै असन्तुष्ट नेपाल समूहलाई मनाउने अन्तिम कसरत स्वरुप अध्यक्ष ओली र नेता नेपालबीच अहिले वार्ता भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।