Logo जेठ ३०, २०७८ आइतबार


नेपाल सुपर लिगको उपाधिका लागि काठमाडौं र धनगढी भिड्ने पक्का

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबलको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढीबीच भिडन्त हुने भएको छ ।

बिहीबार दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई हराउदै काठमाडौंले धनगढीसँगको उपाधि भिडन्त पक्का गरेको हो । काठमाडौंले लितिपुरलाई ३–० गोलले पाखा लगाएको हो ।

अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ। यसअघि धनगढीले काठमाडौंलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो।

बिहीबार काठमाडौंलाई जित दिलाउन मेसौकेले दुई गोल गरे। जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीमा रहेका उनले ७ गोल गरिसकेका छन्।

खेलको १५ मिनेटमा प्राप्त पेनाल्टीमा उनले टिमका लागि पहिलो गोल गरे। त्यसअघि ललितपुरका कमल श्रेष्ठले मेसौकेलाई डिबक्स भित्र लगाएका थिए।

यस्तै उनले खेलको २२ मिनेटमा अर्को गोल गर्दै काठमाडौंको अग्रता दोब्बर पारेका थिए।

काठमाडौंका लागि तेस्रो गोल स्टेफिन बिनोङले गरे। उनले खेलको ६० मिनेटमा गोल गर्दै काठमाडौंलाई ३–० गोलले अघि बढाएका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।