Logo असार ४, २०७८ शुक्रबार


खनाल-नेपाल पक्ष र जसपासहितको मन्त्रीमण्डल पुनर्गठन गर्ने ओलीको तयारी

काठमाडौं । प्रधानमन्त्रीमा पुनः नियुक्त हुने तयारीमा रहनुभएका केपी शर्मा ओलीले आजै मन्त्रीमण्डल गर्ने तयारी गर्नुभएको छ ।

बहुमतको सरकार बनाउने समय सकिएपछि ठूलो दलको नेताका आधारमा ओली नै प्रधानमन्त्री हुने पक्का भएको हो ।

स्रोतका अनुसार ओलीले माधव नेपाल पक्षका नेताहरुलाई समेत मन्त्री बनाउने तयारी भइरेहको छ । त्यस्तै राजपाका महन्थ ठाकुर पक्षका केही नेतालाई पनि मन्त्री बनाउने ओलीको तयारी छ । मन्त्रीमण्डल पुनर्गठनबारे ठाकुर र राजेन्द्र महतोले बिहीबार साँझ बालुवाटार पुगेर छलफल गरिसक्नुभएको छ । जसपाको तर्फबाट कम्तीमा ७ मन्त्री बनाउने सहमति भएको स्रोतको भनाइ छ ।

शपथग्रहण शुक्रवार मात्रै हुने भएकोले मन्त्रीमण्डल विस्तार पनि शपथग्रहणपछि मात्रै गर्ने ओलीको तयारी रहेको उच्च स्रोतले जनाएको छ ।

ओलीलाई सरकार गठनमा सघाउने निर्णय गरेको जसपाका ठाकुर र महतोको पक्षमा २० सांसद पुगेको छ । उपेन्द्र महतो पक्षका तीन सांसदले अन्तिममा ठाकुर र महतो पक्षलाई साथ दिने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीमा पुनः नियुक्त भएसँगै ओलीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, विश्वासको मत पुनः नपाएको खण्डमा सरकारले चुनाव गराउन पाउँछ ।

धारा ७६ (७) मा माथिका कुनै पनि विकल्पमा सरकार बन्न सकेन भने राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न हुने गरी मिति तोक्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…