Logo असार १, २०७८ मंगलबार


नेकपा एमालेको कार्यदल गठन, को को छन् कार्यदलमा ?

काठमाडौं । नेकपा एमालेले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरेको छ ।

बिहीबार अपराह्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार कार्यदल गठन गरेको हो । ९ सदस्यीय कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल रहनुभएको छ । यस्तै खनाल–नेपाल समूहकोतर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सदस्य रहनुभएको छ । बाँकी दुई सदस्य भने पछि थप गर्ने बताइएको छ ।

कायर्दलले दुई पक्षबीच रहेको मतभेद पहिल्याउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि भूमिका खेल्ने अपेक्षा गरिएको छ । खनाल–नेपाल समूहले २०७५ जेठ २ को अवस्थामा पुर्याउनुपर्ने अडान राख्दै आएको छ ।

जेठ २ को अवस्था पुग्नु भनेको माओवादी र एमालेबीचको एकता प्रक्रिया भन्दा आगडीको अवस्थामा पुग्नु हो । नेता नेपालले राख्दै आएको मागमा सहमति भए सर्वोच्चले नेकपा खारेज गरे यता एमालेले गरेका सम्पूर्ण निर्णय खारेज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…