Logo जेठ ३०, २०७८ आइतबार


केपी शर्मा ओली मुलुकको ४२ औं प्रधानमन्त्रीमा नियुक्त, शपथ शुक्रवार

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा विहीवार साँझ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ (३) मा प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बन्न नसकेमा वा त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्रमा सभाबाट बहुमत पाउन नसकेमा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

ओली ४२ औं प्रधानमन्त्री बन्नु भएको हो । ओलीको यो प्रधानमन्त्रीमा तेस्रो कार्यकाल हुनेछ ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ भने शुक्रबारलाई तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आफ्नो नयाँ मन्त्रिपरिषद पनि तय गर्नुहुनेछ । ओलीले एमालेका असन्तुष्ट पक्ष र जनता समाजावादी पार्टीका नेताहरूलाई समेत मन्त्री बनाउने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…