Logo असार ४, २०७८ शुक्रबार


सरकारमा सहभागी हुन ओलीको प्रस्ताव जसपाद्वारा अस्वीकार, पहिले माग पूरा गर्नुपर्ने शर्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको जनता समाजवादी पार्टी (जसपा) ले तत्काल सरकारमा नजाने बताएको छ ।

अध्यक्ष महन्थ ठाकुरले भक्तपुरको डोलेश्वर रिसोर्टमा रहेका आफू पक्षका सांसदहरुसँग तत्काल आफ्नो पार्टी सरकारमा सहभागी नहुने प्रष्ट पार्नुभएको हो । विहिवार साँझ बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको तर आफूले तत्कालका लागि अस्वीकार गरेको अध्यक्ष ठाकुरले सांसदहरुलाई ब्रिफिङ गर्नुभएको एक सांसदले बताए ।

आफ्ना मागहरू पूरा नभएकाले सरकारमा सहभागी नहुने जवाफ प्रधानमन्त्रीलाई दिएको अध्यक्ष ठाकुरलाई उधृत गर्दै ती सांसदले भने–’अहिले सरकारमा सहभागी हुने परिस्थिति बनिसकेको छैन। पहिले हाम्रा बाँकी मागहरू पूरा हुनुपर्‍यो।’

आफूहरूले उठाएको माग सम्बोधन नहुँदासम्म सत्ता सहकार्यको वातावरण नबन्ने ठाकुरको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…