Logo असार १, २०७८ मंगलबार


देउवा : दिनभर दौडधुप साँझ शिथिल

काठमाडाैं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या जुटाउन नसकेपछि कांग्रेस बहुमतको वैकल्पिक सरकार दाबी गर्नबाट पछि हटेको हो ।

कांग्रेसले गत २७ बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेपछि सरकारमाथि दाबी गर्ने भन्दै विपक्षी दलसँग सघन छलफल अघि बढाएको थियो । त्यसक्रममा विपक्षमा नै रहेको नेकपा माओवादी केन्द्रको समर्थन पाए पनि जनता समाजवादी पार्टीको सिंगो समर्थन प्राप्त गर्न नसकेपछि कांग्रेस सरकार दाबीबाट पछि हटेको हो ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले कांग्रेसको मात्रै संख्याले बहुमत नपुग्ने अवस्था भएको र जसपाले साथ नदिएपछि सरकारमाथि दाबी गर्ने अवस्था नरहेको बताए । कांग्रेसलाई जसपाभित्रको उपेन्द्र यादव र डा। बाबुराम भट्टराईले भने वैकल्पिक सरकार गठनका लागि सहयोग गर्ने वचन दिएका थिए ।

तर, बिहीबार दिनभर एमालेकै माधव नेपाल समूहको निर्णयसमेत कुरेको कांग्रेसले सो समूहको राजीनामा नआउने अवस्था विकसित भएपछि सरकार दाबी प्रयासबाट पछि हटेको हो । कांग्रेसले अन्तिम अवस्थामा पनि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल ग¥यो । तर, उनीहरू कांग्रेस नेतृत्वको सरकारका लागि तयार नभएपछि सभापति देउवाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै निवास बोलाएर अवस्थाबारे जानकारी दिए ।

देउवाले बिहीबार साँझ नै पदाधिकारी बैठक बोलाएर अवस्थाबारे जानकारी गराए । त्यसक्रममा उनले सरकारमाथि दाबी गर्ने अवस्था नबनेको ‘ ब्रिफिङ’ नेतासमक्ष गरे । कांग्रेस निर्णयसँगै प्रधानमन्त्री पदमा ओली नै पुग्ने पक्का भएको हो । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत सोमबार राति नै आह्वान भइसकेको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार बहुमतीय आधारमा नयाँ सरकार गठनका लागि आहवान गरेकी थिइन् । सो व्यवस्थाअनुसार प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत पुर्याएको अवस्थामा सरकारमाथि दाबी गर्न सक्छन् । यसअघि, प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदा भने जसपाको ठाकुर र महतो समूह तटस्थ बसेको थियो । राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…