Logo असार १, २०७८ मंगलबार


‘विचलन, निराशा र निष्कृयता क्रान्तिकारी चरित्र हाेइन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विचलन, निराशा र निष्कृयता क्रान्तिकारी चरित्र नभएकाे बताउनुभएकाे छ ।

प्रवक्ता श्रेष्ठले शुक्रवार सामाजिक सञ्जल फेसबुकमा स्ट्याटस गर्दै घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारिकन पनि आजको आवश्यकता पूरा गर्न सकिने बताउँदै  विचलन, निराशा र निष्कृयता क्रान्तिकारी चरित्र नभएकाे बताउनुभएकाे हाे ।

प्रवक्ता श्रेष्ठले अब माओवादीले अरूको विरोधमा समय खेर फाल्न नहुनेसमेत बताउनुभएकाे छ । पार्टीले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्न नहुने उहाँकाे भनाइ छ ।

‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन । पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्छ ।’ उहाँले भन्नुभएकाे छ, ‘एमालेका कमरेडहरूलाई बधाइ तथा शुभकामना’,

‘बैवैरिक छिपछिपेपन, विधि पद्धतीकाे अवज्ञा, ब्यक्तिवाद, संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको विरूद्ध संघर्ष गर्न दृढ हुनुपर्छ।’ प्रवक्ता श्रेष्ठले लेख्नुभएकाे छ, ‘त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं।’

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…