Logo असार १, २०७८ मंगलबार


‘राधे’लाई सेन्सर गरेर मात्र प्रदर्शन गर्न मन्त्रालयको निर्देशन

काठमाडाैं । सलमान खान अभिनीत फिल्म ‘राधे’ लाई नेपालमा सेन्सर गरेर मात्र रिलिज गर्न सञ्चार मन्त्रालयले निर्देशन दिएको छ । सेन्सर विनै नेपालका केबल टिभी र ओटीटीमा फिल्म रिलिज हुन लागेको खबर सार्वजनिक भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशनपछि सेन्सर नहुँदासम्म फिल्मको नेपाल रिलिज रोकिएको छ । यो फिल्मको नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मूभिजअन्तर्गतको ए-एठ् कम्पनीले खरिद गरेको हो । नेपालका सिनेमा हलमा फिल्म प्रदर्शन गर्न अनिवार्य रुपमा सेन्सर गर्नुपर्ने हुन्छ । तर, डिजिटल प्लेटफर्म सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुने भएकाले यसको नियमन पनि मन्त्रालयले नै गर्छ ।

सेन्सर नगरी फिल्म रिलिज गरे कानुनी कारवाही गरिने मन्त्रालयले जनाएको छ । चलचित्र विकास बोर्डले आगामी आर्थिक ऐनमा ओटीटी प्लेटफर्मलाई पनि फिल्म सेन्सर र करको दायरामा ल्याउन अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । हिन्दी फिल्मबाट बोर्डले १५ प्रतिशत विकास शुल्क उठाउँदै आएको भए पनि ओटीटीमा रिलिज हुने हिन्दी फिल्मबाट यो रकम उठ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…