Logo असार १, २०७८ मंगलबार


सरकारमा सहभागि हुन प्रधानमन्त्रीको प्रस्ताव, जसपाद्वारा अस्वीकार

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएकाे छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएकाे हाे।

सरकारमा सहभागी हुन प्रस्ताव आए पनि आफूहरूको एजेण्डा सम्बोधन नभइ सरकारमा नजाने ठाकुर–महतो निकट एक सांसदले जानकारी दिनुभयाे ।

‘संविधान संशोधनका लागि मस्यौदा समिति, नेता कार्यकर्ताको रिहालगायतका एजेण्डाको सम्बोधन जसपाकाे मुख्य उद्धेश्य हो, ‘ठाकुर निकट एक सांसदले भन्नुभयाे, ‘हामी सरकारमा गयौं भने पनि एक डेढ महिनापछि जान्छौं। त्यति बेलासम्म हाम्रा माग पुरा हुने चरणमा हुनुपर्छ। अन्यथा हामी सरकारमा जादैनौं।’

जसपाको ठाकुर–महतो समूहले ओलीको निरन्तरता चाहेकै कारण वैकल्पिक सरकार बनाउने कांग्रेसकाे प्रयास असफल भएकाे थियाे ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…