Logo जेठ ३०, २०७८ आइतबार


यस्तो छ मुलुककै सबैभन्दा ठूलो सम्मेलन केन्द्र गोदावरी सनराइज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा निर्मित अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र (सभा हल) को शुक्रवार उद्घाटन गर्दै हुनुहुन्छ ।

३ हजार दर्शक क्षमताको मुख्य हलसहित निर्माण गरिएको सभाहल अन्तराष्ट्रिय स्तरको रहेको छ । यो एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो अत्याधुनिक भवन भएको सहरी विकास मन्त्रालयले जनाएको छ । सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको छ ।

यो केन्द्र आधुनिक र प्रविधियुक्त रहेको सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बताउनुभयो ।

२०७६ भदौमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन आयोजना गर्न सरकारलाई समस्या परेपछि सभाहल बनाउने निर्णयमा सरकार पुगेको थियो ।

अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव नहोस भन्दै ०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णय गरेर यो सभाहल निर्माणको कार्य अघि बढेको हो ।

४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भएको सम्मेलन केन्द्रका लागि सरकारले ८१ करोड खर्चेको छ । ११ रोपनी ०६ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ०३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङस्थल रहेको छ ।

मुख्य हल प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हल निर्माण भएका छन् । २८ मिटर अग्लो उक्त भवनमा दुई तला उचाइ बराबरको हल रहेको छ । केन्द्र भवनमा मुलुकमै पहिलोपटक ५८ मिटर लामो ट्रस्ट हालिएको छ । यसका साथै उक्त भवनमा विशिष्ट व्यक्तिका विशिष्ट कक्ष, सहायता कक्ष र विभिन्न समयमा कार्यक्रमका लागि आदानप्रदान कक्षसमेत बनेका छन् ।

मुख्य हलमा ३ हजार सिट, कार्यक्रम प्रस्तुतिका लागि मञ्च, आवश्यक कक्षको समेत व्यवस्था छ । कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ३ तलाको ब्लक रहेको छ । मुख्य हलसँगै निर्माण हुने साना तथा अन्य कक्षको ब्लक समेटी एउटै हलको निर्माण भएको छ ।
यसका साथै केन्द्रमा १२ सय गाडी पार्किङ गर्न सक्ने क्षमता रहेको विभागले जनाएको छ ।

त्यस्तै, ६ सय वटा कार पार्किङ, ५ सय वटा बाइक पार्किङ गर्न सक्नेछन् । साथै, ७ सय जनामा मानिसलाई पिक एण्ड ड्रप गर्न सक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।