Logo असार १, २०७८ मंगलबार


जेठ २ मा फर्किदाको एमालेको अवस्था कस्तो हो ?

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्ति दिलाउन राजी भएका एमालेका माधव नेपाल पक्षले पार्टी एकताका लागि २ जेठको ‘बटमलाइन’ लाई अझै त्यागेका छैनन् । त्यही बटमलाइनमा अध्यक्ष ओली सकरात्मक भएपछि नेपाल समूह तत्कालका लागि सामूहिक राजीनामाको निर्णयबाट पछि हटेको थियो । योसँगै ओलीको पुनः प्रधानमन्त्री नियुक्तिको बाटो सहज बनेको थियो ।

यसबारेमा विहीवार ओली र नेपालबीच भएको ४ घण्टा लामो वान टु वान वार्तामा अझ गम्भीरताका साथ छलफल भएको नेता नेपालले सञ्चारकर्मीहरुलाई बताउनुभएको छ । दुई शीर्ष नेताबीचको वार्ताको सकरात्मक परिणामस्वरुप विहीवार नै कार्यदल घोषणा गरिएको छ ।

एमालेले आन्तरिक विवाद समाधानका लागि गठन गरेको कार्यदलमा ९ सदस्य रहनेछन् । कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल रहनुभएको छ । यस्तै खनाल–नेपाल समूहकोतर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सदस्य रहनुभएको छ । बाँकी दुई सदस्य भने पछि थप गर्ने बताइएको छ ।

कायर्दलले दुई पक्षबीच रहेको मतभेद पहिल्याउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि भूमिका खेल्ने अपेक्षा गरिएको छ । खनाल–नेपाल समूहले २०७५ जेठ २ को अवस्थामा पुर्याउनुपर्ने अडान राख्दै आएको छ ।

जेठ २ को अवस्था पुग्नु भनेको माओवादी र एमालेबीचको एकता प्रक्रिया भन्दा अगाडिको अवस्थामा पुग्नु हो ।

माओवादीसँग एकीकरण हुनुअघि अर्थात जेठ २ सम्म एमालेको केन्द्रीय समिति २०५ सदस्यीय थियो । नवौं महाधिवेशनबाट १९५ जना निर्वाचित भइसकेका थिए भने १० जनालाई मनोनीत गर्न बाँकी थियो ।

पार्टी एकीकरणका लागि २४१ पु¥याउन ओलीले ४६ सदस्य थप गर्नुभउको थियो । ओलीले एकाधबाहेक सबै आफ्नै पक्षलाई मनोनीत गरेका थिए । मनोनीत गर्नुअघिका केन्द्रीय सदस्यमध्ये ओली पक्षका १०२, माधव नेपाल पक्षका ९० र वामदेव गौतम पक्षका ३ जना थिए ।

१५ सदस्यीय पदाधिकारीमा ६ जना ओली र ९ जना नेपालको पक्षमा थिए । उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिवहरू प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ ओली पक्षमा थिए भने वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई वरिष्ठ नेता नेपालको पक्षमा खुलेका थिए ।

वामदेव गौतमको साथ पाउँदा पदाधिकारीमा नेपालको दुईतिहाइ र स्थायी समितिमा बहुमत पुग्थ्यो । केन्द्रीय समितिमा भने नेपाल र गौतम मिल्दा पनि ओलीकै बहुमत थियो ।

२६ सदस्यीय स्थायी समितिमा ओली पक्षका १४ र नेपाल पक्षका १२ जना थिए । तर, वामदेव गौतमले समूह परिवर्तन गर्दा भने स्थायी समितिमा पनि नेपाल पक्षकै बहुमत पुग्थ्यो । गौतम पक्षका किरण गुरुङसहित वरिष्ठ नेता नेपालको पक्षमा १४ र ओलीको पक्षमा १२ जना हुन्थे ।

नेपाल पक्षले भने जस्तै जेठ २ कै स्थितिमा पार्टी फर्किए पार्टीको विधान, नियमावली र आचारसंहिता अनुसार नेतृत्व, जनसंगठन र पेशागत संगठनलाई २ जेठ २०७५ मा फर्काउनु पर्छ । त्यसका लागि २३ फागुनयता ओली पक्षले गरेका सबै निर्णय खारेज हुनुपर्दछ ।

यसको अर्थ २८ फागुनमा गरेको केन्द्रीय कमिटी विघटन हुनेछ । यस्तो अवस्थामा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा लगायतको नियुक्ति बदर हुनेछ । यसबीचमा गरिएका विधान संशोधन लगायतका सबै निर्णय रद्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।