Logo असार ४, २०७८ शुक्रबार


गठबन्धन सरकारको दाबी नगर्नु उचित भएको तीन दलको निष्कर्ष

काठमाडौं । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन सरकारको दाबी नगर्नु उचित भएको निष्कर्ष निकालेका छन् ।

बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको तीन दलको समीक्षा बैठकले उक्त निष्कर्ष निकालेको हो । शुक्रबार बिहान भएको छलफलमा काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँडलगायत हुनुहुन्थ्यो । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, पार्टी प्रवक्ता श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल र पूर्वसभामुख ओनसरी घर्ती उपस्थित हुनुहुन्थ्यो ।

जसपाबाट उपेन्द्र यादवको सहभागीता रहेको छलफलमा जनता समाजवादी पार्टीको पूरै समर्थन नजुटेको अवस्थामा गठबन्धन सरकारको दाबी पेस नगर्नु उचित नै भएको निष्कर्ष निकालिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

एमालेका माधवकुमार नेपालहरूले समेत मतदान नगर्ने अवस्थामा राष्ट्रपतिकहाँ गठबन्धन सरकारका लागि दाबी लिएर नजानु नै उपयुक्त हो भन्ने समीक्षा भउको श्रेष्ठले बताउनुभयो ।

अब केपी ओलीले के गर्छन् चुनावको दिशातिर जान्छन् कि, महन्थहरूलाई हात लिएर विश्वासको मत लिन्छन्, त्यो हेरेर थप रणनीति तय गर्ने बैठकले निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…