Logo जेठ ३०, २०७८ आइतबार


ओलीको मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता

काठमाडौं । तेस्रोपटक प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद पुनर्गठन गर्नुे तयारी गर्नुभएको छ । मन्त्रिपरिषदमा हाललाई पुरानै अनुहारलाई निरन्तरता दिने योजनामा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतको भनाइ छ ।

एमालेका खनाल–नेपाल समूहका केहीलाई मन्त्री बनाउने योजना रहे पनि तत्कालका लागि भने ओली पछि हट्नुभएको छ । पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बन्ने प्रक्रियामा रहेकाले आजै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहबाट मन्त्री बन्ने सम्भावना नरहेको बालुवाटार स्रोतले बताएको छ । अर्को समर्थक

जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको जवाफ दिएको आज घोषणा हुने मन्त्रिपरिषद्मा अधिकांश पुरानै अनुहार दोहोरिने सम्भावना रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे संविधानको धारा ७६ (३) अन्तर्गत शपथ लिन लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।