Logo असार ४, २०७८ शुक्रबार


प्रधानमन्त्री ओलीले लिए शपथ,मन्त्रिपरिषद्मा सबै पुरानै अनुहार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शुक्रबार दिउँसो शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई शपथ गराउनुभएको हो ।

संसदको ठूलो दलको नेताको हैसियतमा एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले विहीवार पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बहुमतको सरकारको दाबी कुनै दलबाट नआएपछि ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

विपक्षी गठबन्धनले धारा ७६ ९२० अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको थियो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिनुभएको छ । पुरानै सबै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सपथ लिनेहरूमा उपप्रधानमन्त्रीमा ईश्वर पोखरेल तथा मन्त्रीहरूमा रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयेश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन्।

त्यस्तै भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, लिलानाथ श्रेष्ठ, प्रेम आले, दावा लामा तामाङ र जुलीकुमारी महतो छन्।

राज्यमन्त्रीहरू नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…