Logo जेठ ३०, २०७८ आइतबार


कांग्रेसको ४५ जिल्लाको क्रियाशील सदस्यताको विवरण सार्वजनिक, कसरी हेर्ने विवरण ?

काठमाडौं । नेपाली कांग्रेसले ४५ जिल्लाको क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरेको छ ।

१४ औँ महाधिवेशनको तयारीमा लागेको कांग्रृसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ४५ जिल्लाका ८० निर्वाचन क्षेत्रको क्रियाशील सदस्यको विवरण आफ्नो वेबसाइटमा राखेको छ । कुनै पनि उजुरी नपरेका, पूरा विवरण पठाइसकेका र विवाद नरहेका जिल्लाको विवरण उजुरी वा गुनासो गर्ने र सच्याउन सकिने गरी वेबसाइटमा सार्वजनिक गरिएको समितिका सदस्य प्रदीप पौडेलले बताउनुभयो ।

अहिले सार्वजनिक भएको विवरण नयाँ र नवीकरणसमेतको विवरण भएको बताउदै उहाँले यसमा कतिपय ठाउँको नयाँ र कतिपयको नवीकरण मात्रैको विवरण पनि रहेको जानकारी दिनुभयो । अर्थात जहाँ उजुरी परेको छैन, त्यहाँको मात्र विवरण सार्वजनिक गरिएको पौडेलले बताउनुभयो । उजुरी परेका ठाउँहरूको विवरण पछि सार्वजनिक गरिने उहााले जानकारी दिनुभयो । कांग्रेसले यसपटक सफ्टवेयरमार्फत क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्न सकिने व्यवस्था गरेको थियो ।

त्यसअनुसार ७४ जिल्लाबाट साढे सात लाखभन्दा धेरैको नाम र विवरण सफ्टवेयरमा इन्ट्री भइसकेको छ । अहिले सार्वजनिक भएकामा अन्य पार्टीबाट समायोजन भएर आएकाहरूको विवरण भने संलग्न छैन । केन्द्रीय समितिले नै वैशाख मसान्तसम्म विवरण बुझाइसक्न निर्देशन दिएको सिन्धुपाल्चोक, सप्तरी, बारा र सोलुखुम्बुले अहिलेसम्म विवरण बुझाइसकेका छैनन् ।

कसरी हेर्ने विवरण ?

  • कांग्रेसको वेबसाइट खोल्ने ।
  • वेबसाइटको होमपेजमा रहेको क्रियाशील सदस्यता भन्ने मेनुमा क्लिक गर्ने ।
  • रजिस्टर गर्ने र लगइन गर्ने ।
  • त्यसपछि आफुले चाहेको वडाको क्रियाशील सदस्यताको विवरण हेर्न पाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।