Logo असार १, २०७८ मंगलबार


ललितपुरमा शनिवारदेखि निषेधित क्षेत्र घोषणा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

ललितपुर । ललितपुरमा शनिवारदेखि पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार ललितपुर महानगरपालिका क्षेत्रभित्रका केही ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश भएको हो।

शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि सो आदेश जारी भएको निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुन सक्ने हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राख्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो।

आदेशको उल्लंघन गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ।

श्रीरातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

जसअनुसार पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको स्थान, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडीको चोक र उत्तरमा लविम मल पश्चिमपट्टीको सडक रहेका छन् ।

यस्तै श्री मिन नाथको रथ रहेको आसपास क्षेत्र पूर्वमा गणेशस्थान मन्दिर,पश्चिममा टबहाल चोक, दक्षिणमा ईति चोक र उत्तरमा टंगल र चक्रवहिली गल्ली क्षेत्रमा पनि निषेधाज्ञा लागू हुनेछ ।

यसैबीच यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रालाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर न्यून संख्यामा उपस्थित भइ रथारोहण गर्न लागिएको छ । प्रशासनले विभिन्न सरोकारवालाहरूसँग छलफल गरेर जेठ १ गते प्रतिकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने र खटमा राखेर बुङ्गमती पुर्‍याउने निर्णय गरेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…